बालिका हत्याको आरोपमा एक युवक वीरगञ्जमा पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता, माघ १६ गते। 

बालिका हत्याको आरोपमा एक युवक वीरगञ्जमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४० वर्षका मोतीलाल प्रसाद कुर्मी छन् ।

वीरगञ्ज महानगरपालिका–१५ भिश्वामा बस्ने सरोज महतो कुशवाहाको १० वर्षीया छोरी रिजवाना महतो हत्या आरोपमा प्रहरीले मोतीलाल प्रसाद कुर्मीलाई पक्राउ गरेको छ ।

पुस २४ गते वीरगञ्ज–१६ नगवामा कञ्चनजंगा स्कुल नजिकै निर्माणाधीन भवनको चेपमा घोप्टो परेको अवस्थामा बालिकाको शव भेटिएको थियो ।

मोतीले बालिकाको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनी विरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *