अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २४ गते।
पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ११ लाख २ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ ।
हाल सम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख १५ हजार ४८९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १३ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ ।