सिटीभिटीको ३४ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाई

अनलाईन न्युजपाटी प्रमोद सहनी,रौतहट समाचारदाता,फाल्गुन १२ गते।

रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयमा आज सरसफाई, बृक्षारोपन, रक्तदान, हाजरी प्रतियोगिता तथा दौड प्रतियोगिता कार्यक्रम रहेको थियो ।

आज भएको दौड प्रतियोगिता २ सय मिटरको रहेको थियो भनी कृषि वाली विज्ञानमा तेस्रो वर्षमा अध्ययनरत रामकुमार यादव २४ सेकेन्डमा पहिलो स्थान प्राप्त गरेका छन्।

इन्जिनियिङ्ग विभागको दोस्रो वर्षको दोस्रो सेमेष्टर प्रणालीमा अध्ययनरत विद्यार्थी लुक्मान अख्तर २४.०३ सेकेन्डमा दोस्रो स्थान प्राप्त गरेका रहेका छन्।  वाली विज्ञानमा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी पृथ्वी नारायण प्रसाद यादव ले २४.०३ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरेका रहेछन् ।

त्यसै गरी छात्रा तर्फमा आईटी विशेष विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत छात्रा सञ्जु सार्की २९.९६ सेकेन्डमा पहिलो स्थान प्राप्त गरेकी छिन्।

इन्जिनियिङ्ग विभागको तेस्रो वर्षको दोस्रो सेमेष्टर प्रणालीमा अध्ययनरत नेहा शाह ३०. सेकेन्डमा दोस्रो स्थान प्राप्त गरेकी रहेछिन् ।  कृषि वाली विज्ञानमा पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत निभा कुमारी ठाकुरले ३३.०३ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरेकी रहेछिन्।

नेपाल रेडक्रस रक्तदान कार्यक्रममा कृषि वाली विज्ञानमा दोस्रो वर्षमा अध्ययनरत  प्रमोद कुमार सहनी समेत १५ जनाले आफ्नो रक्तदान कार्यक्रममा रक्तदान गरेको हो।

सो कार्यक्रममा  प्रमुख अतिथि ईन्जीनीयर धनोज कुमार यादव,विशिष्ट अतिथि प्रशासन कार्यालयका प्रशासन प्रमुख मुकेश कुमार शाह,अतिथि – ईन्जीनीयर नन्द किशोर राय,सूचना प्रबिधि विभागिय प्रमुख सर्वेश कुमार पाठक,विशाल मल्लिक,रामानन्द यादव,भोला राय यादव,रीता कुमारी साह,गोविन्द कुमार महतो,शिव दयाल यादव,कविता कुमार साह,राजु चौधरी,रुपेश यादव,महेश्वर मिश्र, रमेश श्रीवास्तव,राम निवास यादव,त्यसैगरी सम्पूर्ण कार्यक्रमका संचालक तथा उद्घोषक रुपमा रहेका कृषि बाली विज्ञान विभागका प्रमुख सुशिल नारायण शाहले जानकारी दिए।

सर्वेश कुमार पाठकहाजरी प्रतियोगिता, त्यस्तै हाजरी प्रतियोगितामा इन्जिनियिङ्ग विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत अभिनाश कुमार साह , अजय कुमार पटेल , बृजेश शर्मा , चन्दन शर्मा र कपल शर्मा सहित पहिलो स्थान प्राप्त गरेको छन्।

आईटी विशेष विभागको पहिलो वर्षको पहिलो सेमेष्टर प्रणालीमा अध्ययनरत रितिनन्दन बैठा , मो. शाहनवाज अन्सारी , अन्त्रम भूल, मिना हाया, र प्रमिला नेपालीको समुहले दोस्रो स्थान प्राप्त गरेकी थिइन्।

2 thoughts on “सिटीभिटीको ३४ औं दिवसको अवसरमा जय किसान बहुप्राविधिक शिक्षालयमा सरसफाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *