अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,फाल्गुन १२ गते।
भारतबाट भन्सार छली गरेर ल्याएको लाखौँको चकलेट तथा विस्कुट लोड भएको कन्टेनर सहित एकजना पर्सामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कन्टेनर चालक भारतको औरैया जिल्ला तैसिल यूपीका २९ वर्षीय सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरीको टोलीले बुधवार राति वीरगञ्ज महानगरपालिका–१६ गणेशटोल स्थित सडकखण्डमा भारतीय नम्बरको मालवाहक कन्टेनरलाई जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न किसिमका चक्लेट तथा विस्कुटहरू फेला परेको पर्सा प्रहरीले जनाएका छन् ।
कन्टेनर तथा चकलेट र विस्कुटलाई ५५ लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।