अनलाईन न्युजपाटी,धर्मेंद्र कुमार कुर्मी,कपिलवस्तु,समाचारदाता, फाल्गुन १७ गते।
बगैचामा लुकाई राखेको अवस्थामा जंगली काठ सशस्त्र प्रहरीले बरामद गरेको छ I
जिल्लाको कपिलवस्तु विजयनगर गाउंपालिका ७ गेडुवजोतको एउटा बगैचामा लुकाएर राखिएको अवस्थामा १८ क्युफिट सिसमको काठ बरामद गरिएको जनाएको छ।
सुराकीको आधारमा प्रहरीले ४ लाख बराबरको काठ बरामद गरेको छ ।
नेपाल-भारत सिमामा दर्जनौं काष्ठ मिल र फर्निचर उद्योगहरु रहेकाले तस्करहरु भारतीय जंगलबाट कालो सिसम र टिकको काठ ल्याउने गरेका छन । विजयनगर गाउंपालिकाका वडा ६,७ र कृष्णनगर नगरपालिकाको वडा १२ भारतिय जंगलसंग जोडिएकाले नदीको किनारमा अवस्थित गाउंहरुमा राति तस्कर हरुले काठका गोलियाहरु बगैँचा, पराल अथवा गोठमा लुकाउंछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्याइदिन्छन ।
जिल्लाको पश्चिम सिमानाको लालपुर, गेडुवाजोत, दत्तपुर ठकुरापुर,परशरामपुर घाट लगायतको क्षेत्र हुदै काष्ठभित्रिदै आएको स्त्रोतले जनाएको छन ।