अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १७ गते।
महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा-आराधना गरी आज देशभर मनाइँदैछ ।
जनकपुरधामको शिव मन्दिर, कपिलेश्वर महादेव मन्दिर जलेश्वरको जलेश्वर महादेव मन्दिर, टुटेश्वर महादेव मन्दिरमा श्रद्धालुभक्तजनको उल्लेखनिय उपस्थिती रहेको छ ।
महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।