अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १० गते।
कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद राष्ट्रिय परीक्षा बोर्डले पुनःथप गरेको छ ।
यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो ।
बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको छ ।