अनलाईन न्युजपाटी,कृष्णा यादव ,बिरगंज,समाचारदाता, चैत्र १० गते।
जनता समाजवादी पार्टीका वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौ वडा कमिटीका उपाध्यक्ष ईमामोदिन आलमले पार्टी परित्याग गरि एमालेमा प्रबेश गरेका छन्।
एक कार्यक्रमको बिच वीरगंज महानगरपालिका मेयर बिजय सरावगी संग जसपा पार्टीका वडा कमिटी उपाध्यक्ष आलम सहित करिब एक दर्जन भन्दा बढीले मेयर सरावगी संग टीका लगाई एमालेमा प्रबेश गरेका हुन्।
ऊक्त पार्टी प्रवेश कार्यक्रममा वीरगंज महानगरपालिका वडा १७ का पर्सा वीरगंजका एमाले नेता बिशम्बर शर्म,संजु छतकुली , अमोद यादव, अजय साह तेली , गंगाधरमहतो , हरेराम पटेल , किसुन्देव यादव , नेसार अहम्द लगाएतको उपस्थितिमा आलमले आज देखि जसपा परित्याग गरि एमालेमा प्रबेश गरेका छन्।
विगत केहि दिन देखि काग्रेस , जसपा , माओबादी लगाएतका पार्टीहरु परित्याग गरि नेकपा एमाले पर्सा देखि काठमाडौ सम्म प्रबेश गरनेहरुको लहरनै चलेको एमालेका युवा नेता संजु छतकुली बताउनुभयो।