अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १२ गते।
आज नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाँदै छन् । त्यसका लागि बिहान ११ बजे गोरखा जाने उनको सचिवालयले जनाएको छ ।
प्रचण्डले बारपाक सुलिकोट गाउँपालिकाको भवन उद्घाटन गर्न गर्नेछन् ।
बिहीबार र शुक्रबार उनी गृहजिल्ला चितवनमा थिए । अघिल्लो पटक भरतपुर महानगरपालिकाको निर्वाचनमा माओवादीबाट धोका पाएको भन्दै कांग्रेस चितवन गठबन्धनबिना निर्वाचनमा जाने पक्षमा रहँदा प्रचण्ड त्यहाँ पुगेका हुन् ।