सर्लाहीको फुलजोरमा आज यात्रुवाहक बस पल्टिँदा चार जनाको मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १३ गते। 

सर्लाहीको फुलजोरमा आज यात्रुवाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।

गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखले बताए ।

दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *