धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १५ गते। 

धनुषाको सबैलामा सवारी दुर्घटनामा एउटै मोटरसाइकलमा सवार चार जना बालकको मृत्यु भएको छ ।

सोमबार साँझ करिब ८ बजेको समयमा धनुषाकाबे सवैला नगरपालिका १२ रघुनाथपुरको नहरचौकदेखि बरकुर्वाको बिच सडकखण्डमा मोटरसाइकल दुर्घटनामा चारजना बालकको मृत्यु भएको हो ।

घाइतेलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याएपनि चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैला नगरपालिका २ बस्ने १५ बर्षीय राहुल यादव, १२ बर्षका लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ बर्षका सुमित यादव रहेको डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा सबैला २ का १९ बर्षीय सुरेन्द्र यादव घाइते भएका छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ । ‘दुर्घटनाको यकिन कारण खुल्न सकेको छैन’ जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता बस्नेतले भने, ‘घाइतेको भनाइलाई मान्ने हो भने पाँचै जना सवार भएको मोटरसाइकल दुर्घटना भएको छ ।’

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *