अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, चैत्र १५ गते।
आईपीएलमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुदै छ ।
पुनेमा हुने दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ । आजको खेलमा हैदरावाद जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो सावित गर्ने योजनामा हुनेछ ।
गतसिजन कमजोर बनेको हैदरावाद आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने योजनामा हुनेछ । यता राजस्थान पनि सहज जित निकाल्ने योजनामा छ । राजस्थान सन्जु श्यामसनको कप्तानीमा मैदान उत्रनेछ भने हैदरावाद केन विलियमसनको कप्तानीमा मैदान उत्रनेछ ।
दुई टोलीबीचको पछिल्लो पाँच भेटमा राजस्थानले तीन खेल जितेको छ । हैदरावादले दुई खेल जितेको छ ।