अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,चैत्र १५ गते।
इटहरीमा बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
सोमबार राति करिब १० बजे इटहरी उपमहानगरपालिका- २ को नवजागृति टोलमा बम विष्फोट भएको हो ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षकका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका- २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् ।
घाइते थापाको बिराटनरमाउपचार भइरहेको छ भने अर्का गुरुङको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीको अनुसन्धानबाट सुतली बम बिस्फोट हुँदा दुवैजना घाइते भएको जनाइएको छ ।