अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १५ गते।
सहायक प्राध्यापक पदमा लुम्बिनी बौद्ध विश्वविद्यालयले दरखास्त आह्वान गरेको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका लागि सहायक प्राध्यापक पदमा खुला प्रतियोगिता द्धारा करार सेवामा पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो ।
२१ वर्ष पूरा भई ४५ वर्ष ननाघेका योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने विश्वविद्यालयले जनाएको छ । ट्राभल एण्ड टुरिजम, कानुन, भोट बौद्ध अध्ययन र बौद्ध अध्ययनका लागि सहायक प्राध्यापकका लागि आवेदन आह्वान गरिएको विश्वविद्यालयले जनाएको छ ।
सम्बन्धित विषयमा स्नातकोत्तर तह कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण गरेको हुनु पर्नेछ । कानुन विषयको हकमा अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
दरखास्त २०७८ चैत २७ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुरसहित चैत ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।
