इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित

अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, चैत्र १५ गते।

इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ ।

उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले मङ्गलबार जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उनको तीन दिने भ्रमण आगामी आइतबारदेखि सुरु हुने तय गरिएको थियो ।

दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा इजरायलका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कार्यतालिका बनेको हो । उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका थिए ।

प्रधानमन्त्री बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको प्रधानमन्त्रीको कार्यालयले सोमबार सार्वजनिक गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *