अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,चैत्र १८ गते।
लागु औषध ३० केजी गाँजा वीरगञ्जबाट बरामद भएको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका-२० स्थित हर्पतगञ्ज सडकखण्डमा मजकुर सशस्त्र प्रहरी बल, नेपाल २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको टोलीले बिहीबार राति ९:४५ बजे उक्त लागुऔषध गाँजा नम्बरप्लेट नभएको गाडिको डिकीबाट बरामद गरेको हो ।
एउटा पोकामा १६ किलो र अर्को पोकामा १४ किलो १ सयग्राम गाँजा बरामद भएको हो ।
गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको जनाएको छ ।