इटहरीमा बम बिस्फोट गराउने ४ जना पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १८ गते।

इटहरीमा बम बिस्फोट गराउने ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सन्जयसिंह थापाका अनुसार पक्राउ पर्नेमा हिमाल सुरक्षा परिषदका मुख्य नाइके खगेन्द्र खरेलसहित चारजना छन् ।

बिस्फोटमा कोठाभाडामा बस्दै आएका २२ वर्षीय रबिन थापा र २० दिनअघि उनकै कोठामा पाहुना आएका लमजुङका २३ वर्षीय शेरजंङ गुरुङ घाइते भएका थिए । उनीहरूलाई पनि पक्राउ गरिएको छ ।

यस्तै, लक्ष्मीदेवी थापा ठकुरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *