आईपीएलमा गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ९ गते।

आईपीएलमा गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले पराजित गरेको छ ।

मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा भेट्टायो । पूर्वकप्तान महेन्द्रसिंह धोनीले १३ बलमा २८ रन बनाए  ।​ आम्बाती रायडुले सर्वाधिक ४० तथा रोविन उथप्पाले ३० रनको योगदान गरे । मुम्बईमा ड्यानिल सामले सर्वाधिक ४  विकेट लिए ।

यसअघि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका तिलक वर्माले सर्वाधिक ५१ रन बनाए । सूर्यकुमार यादवले ३२ रन जोडे । चेन्नेईमा मुकेश चौधरीले सर्वाधिक ३ विकेट लिए ।

सातौँ खेलसम्म जित निकाल्न नसकेको मुम्बई तालिकाको पुछारमा छ । दोस्रो जित निकालेको चेन्नई नवौं स्थानमा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *