अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १७ गते।
यु-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपाल आज भुटानसँग खेल्दै छ।
नेपाल र भुटानबीचको खेल दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
यता पहिलो खेलमा बंगलादेशसँग ८–० अन्तरले पराजित भएको भुटान पनि आजको खेलमा जित निकाल्ने योजनामा हुनेछ ।
च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । नेपालले दोस्रो खेलमा बंगलादेशसँग नोभेम्बर ५ मा खेल्नेछ ।