अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ १५ गते।
धनुषाबाट अवैध हतियार पेस्तोलसहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा मिथिला नगरपालिकास्थित नक्टाझिझ विश्वकर्मा चोकमा पेस्तोलसहित स्थानीय २६ वर्षीय रोशन महतो र ३६ वर्षीय शंकर महतो रहेको प्रहरीले जनाएको छ।
इकाका प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त प्रहरी टोलीले गत माघ १२ गते साँझ विशेष सूचनाको आधारमा खानतलासी गर्दा उनीहरुलाई पेस्तोलसहित पक्राउ गरी थप अनुसन्धानको कामलाई अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धुनषाले जनाएको छ ।
उनका अनुसार उनीहरुको साथबाट माउजर पेस्तोल १ थान, सो पेस्तोलमा लोड गरिएको म्याग्जिन १ थान र म्याग्जिनमा लोड गरिएको २ थान गोली बरामद गरिएको छ।
प्रहरीले थप अनुसन्धानलाई तीव्रता दिइएको पनि जनाएको छ।