भगवान रामललाको बालस्वरुप निर्माणका लागि कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘शिला’जनकपुरधाम ल्याईयो

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,माघ १५ गते।

अयोध्यामा निर्माणाधीन राममन्दिरमा स्थापित हुने भगवान रामललाको बालस्वरुप निर्माणका लागि कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘शिला’ जनकपुरधाम ल्याइएकोछ ।

भगवान शालीग्राम पाइने नेपालको एकमात्र कालीगण्डकी नदीबाट दुई थान शिला अयोध्या पठाउन थालिएको छ ।

नेपालबाट प्रदान गर्न लागिएको शिलाबाट भगवान रामको बालस्वरुप निर्माण गरिनेछ ।शिला संकलन तथा पठाउने कार्यमा सक्रिय रहेका जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले जनाए अनुसार ढुंगाबाट कुदिएर निर्माण गरिने भगवान रामको बालस्वरुप राम मन्दिरको गर्भगृहमा रहने छ ।

‘राम मन्दिरमा स्थापित हुने मूल स्वरुप नै नेपालको शिलाबाट तयार गरिनेछ’ उनले भने, दुईवटा शिलाबाट एकै साथ मूर्ति बनाइनेछ ।

नेपालबाट पठाउन लागिएको शिलाबाट बढीमा १० महिना भित्र भगवान रामको प्रतिमा तयार भइसक्ने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जनाए ।

कालीगण्डकी नदीबाट पूजापाठ गरी जनकपुरधामका लागि ल्याइएको शिला शनिवार राति आइपुगेको हो । शिलालाई जानकी मन्दिर परिसरमा राखिने र आइतवार बिहान ९ बजे विशेष पूजा महाआरती गरिने कार्यक्रम रहेको उत्तराधिकारी महन्थ रामरोशन दासले जनाए । देवशिला पूजन महाआरतीमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव समेतको सहभागिता रहनेछ । ‘ शिला आइतवार दिनभरि नै जनकपुरधाममा रहनेछ ’ उनले भने, शिला सोमवार बिहान भारतका लागि पठाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *