अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,माघ १६ गते।
निर्वाचन आयोगले फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो ।
उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।