यू-१९ विश्वकपको एसिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन ११ गते।

यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिड्दै छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाइ गरेको थियो ।

क्यानका अनुसार दोस्रो खेल भने २५ फेब्रुअरी अर्थात १३ फागुनमा कुवेतसँग हुनेछ भने  कुवेतसँग खेल खेलेको एक दिन पछि लगतै नेपाली यु–१९ टोलीले  २७ फेब्रुअरी अर्थात १५ फागुनमा हङकङसँग खेल्नेछ ।

२८ फेब्रुअरी अर्थात १६ फागुनमा मलेसियासँग खेल्ने नेपाली टोलीले दुई दिन विश्राम लिएर अन्तिम खेल भने २ मार्च अर्थात १८ फागुनमा युएईसँग खेल्ने क्यानले जनाएको छ । युएई र नेपाल प्रमुख दाबेदार टोली हुन् ।

उक्त खेलमा विजेता एउटा टोलीले २०२४ मा श्रीलङ्कामा हुने  यू–१९ विश्वकप खेल्ने मौका पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *