अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन १२ गते।
जानकी मन्दिरको विवाहमण्डपमा अश्लिल टिकटक भिडियो बनाउने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका-६ पोखरभिण्डा बस्ने अन्दाजी १८ वर्षीय अनिरुद्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर राखेपछि भिडियो भाइरल भएपछि विरोध भएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो ।
उक्त भिडियोमा रहेकी युवती र भिडियो खिच्ने क्यामेराम्यानको समेत खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ ।