महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ६ गते।

महिला टी–२० शृङ्खलामा नेपालले आज कुवेतसँग खेल्दै छ ।

खेल बिहान पौने १२ बजे वायोमास ओभलमा शुरु हुनेछ ।

नेपालले मंगलबार सम्पन्न खेलमा हङकङलाई ६ विकेटले पराजित गरेको थियो। पहिलो खेलमा ८५ रनको लक्ष्य पाएको नेपालले १५ ओभर एक बलमा ८७ रन बनाउँदै पहिलो जित हात पारेको थियो।

कुवेत पहिलो खेलमा मलेसियासँग हार बेहोर्दै नेपालविरुद्ध मैदान उत्रन लागेको हो। मलेसियासँग कुवेत ८ विकेटले पराजित भएको थियो। ​ आजै हुने पहिलो खेलमा मलेसिया र हङकङ आमनेसामने हुँदैछन्। यी चार टिमले आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि अभ्यासका लागि सिरिज खेलिरहेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *