अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,भदौ ७ गते।
यदी कसैको चिना छैन र वास्तविक जन्म समय थाहा छैन, तर जन्म दिन भने थाहा छ भने त्यस्ता सबै व्यक्तिले यो अंक ज्योतिषको माध्यामलाई आत्मसाथ गरी रत्न धारण गर्दा निश्चय पनि जीवनलाई शुभ बनाउँन सकिन्छ ।
अंक ज्योतिषको आधारबाट हामीले आफ्नो भाग्य बृद्धी गर्न शुभ रत्नको चयन गर्न सक्छौ । यो चुनाव यस प्रकार गरिन्छ ।
मुलांकः १ (जन्म दिन १,१०,१९,२८)
अंक १ को प्रतिनिधी ग्रह सुर्य हो । जो ब्यक्तिको जन्म कुनै पनि महिनाको १, १०, १९, र २८ अंकको दिनमा हुन्छ, तिनको मुलांक १ हुन्छ । यि व्यक्तिले आफ्नो सौभाग्य बृद्धिको लागी माणिक्य रत्न धारण गर्नु श्रेयश्कर हुन्छ ।
मुलांकः २ (जन्म दिन २, ११, २०, र २९)
यो अंकको प्रतिनिधी ग्रह चन्द्रमा हुन्छ । यस अंकमा जन्म हुने ब्यक्तिको मुलांक २ हुन्छ । यस अंकका व्यक्तिले आफ्नो जीवनलाई समृद्ध बनाउँन मोती धारण गर्नुपर्छ ।
मुलांकः ३ (जन्म दिन (३, १२, २१, ३०)
अंक ३ को स्वामी ग्रह गुरु बृहस्पति हुन्छ । कुनै महिनामा यस अंकमा कसैको जन्म भएको छ भने त्यसको मुलांक ३ हुन्छ । यि व्यक्तिले जीवनलाई सुखी सौभाग्यशाली बनाउँन पहेलो पुष्पराज धारण गर्नुपर्छ ।
मुलांकः ४ (जन्मदिन ४, १३, २२, ३१)
यस ४ अंकको स्वामी ग्रह, हर्षले र युरेनस हो । साथै ४ अंकलाई राहु अंक पनि भनिन्छ । पाश्चात्य ज्योतिषअनुसार हर्षले र सुर्य दुबैले अंक १ सँग पनि सम्बन्ध राख्दछन । कुनै पनि महिनाको ४ अंकको दिन जन्म हुने व्यक्तिले सौभाग्य बृद्धीहेतु गोमेद धारण गर्नु पर्छ ।
मुलांकः ५ (जन्म दिन ५, १४, २३)
यो अंकको प्रतिनिधी ग्रह बुद्ध हो । जो व्यक्तिको जन्म अंक ५, १४ वा २३ मा भएको छ भने बाकपटुता, ब्यापार मनोवृति नितिज्ञ, खोज, स्वार्थी शक्ति एवं ईष्यालु प्रकृति हुन्छ । तसर्थ यिनले आफ्नो सौभाग्य बृद्धी गर्नका लागी पन्ना धारण गर्नु पर्छ ।
मुलांकः ६ (जन्म दिन ६, १५, २४)
यो अंकको स्वामी ग्रह शुक्र हो । यस अंकमा जन्मने व्यक्तिको मुलांक ६ हुन्छ । यिनले जीवनमा सम्पुर्ण सुख प्राप्तिका लागी हिरा धारण गर्नु पर्छ ।
मुलांकः ७ (जन्म दिन ७, १६, २५)
यो अंकको स्वामी ग्रह नेप्च्युन हो । तर, ब्यबहारिक रुपमा भने यस ग्रहले केतु र चन्द्रमालाई प्रभावित गर्दछ । यस अंकमा जन्म हुनेको मुलांक ६ हुन्छ । र, यिनले जीवनलाई सुखी सौभाग्यशाली बनाउँन लसुनिया धारण गर्नु पर्छ ।
मुलांकः ८(जन्म दिन ८, १७, २३)
यस अंकको स्वामी ग्रह शनि देव ग्रह हो । यस अंकमा जीवन लिने व्यक्ति शनि ग्रहसँग प्रभावित हुन्छ । तसर्थ शनिको प्रभावलाई अनुकुल गरेर समृद्ध जीवन बनाउँन र सौभागयशाली बन्न निलम धारण गर्नु पर्छ ।
मुलांकः ९ (जन्म दिन ९, १८ र २७)
यस अंकको स्वामी ग्रह मंगल हो । जो कोहीको पनि जन्म यस अंकमा भएको छ भने त्यस व्यक्तिलाई अंक ९ ले प्रभावित गर्छ । त्यस व्यक्तिको मुलांक ९ हुन्छ । मंगल उथलपुथल गर्ने ग्रह भएकोले यस अंकका व्यक्तिले जीवनलाई सहज र सौभाग्यशाली बनाउँन मुंगा धारण गर्नु पर्छ ।