श्रोत नखुलेको साढे २० लाख नेपाली रूपैया सहित १ जना मानिस पक्राउ

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,भदौ २२ गते।

श्रोत नखुलेको साढे २० लाख नेपाली रूपैया सहित १ जना मानिस पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला दरभंगा थाना सिंहवाडा गाँउ लहेरिया सराय बस्ने २० वर्षीय राजेश साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

भारतबाट नेपाली रुपैया पैठारी गरी आफ्नो साथमा लुकाई छिपाई ओसार पसार गरी ल्याई रहेका छन भन्ने विषेश सुचनाको आधारमा आज दिउँसो करिब डेढ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सडकमा युवकलाई रकमसहित नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

युवकलाई चेकजाँच गर्दा आफ्नो पिठ्युमा बोकेको कालो रंगको झोला भित्रबाट नेपाली रकम १ हजार दरको नोट १ हजार ८५० थान र ५ पाँच सय दरको नोट ४ सय थान गरी २० लाख ५० हजार रुपैयाँ बरामद गरिएको प्रवक्ता गौतमले जानकारी दिए ।

निज राजेश साहलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि आजै भन्सार कार्यालय जनकपुरमा पठाईएको प्रहरीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *