सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ २२ गते।

६१ किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

उक्त सुन तस्करी प्रकरणमा पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनी बारा जिल्ला सुनचाँदी व्यवसायी संघका अध्यक्ष हुन्। उनीसँगै पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो ।

ब्रेक सु भनेर तस्करी गरिएको सुन प्रकरणमा चिनियाँ व्यापारी र उनीहरुसँग साँठगाँठ भएका नेपालीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *