अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २४ गते।
परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया जाने भएका छन् ।
पर्थमा हुने सातौं हिन्द महासागर सम्मेलनमा भाग लिनका लागि परराष्ट्रमन्त्री साउद आज अष्ट्रेलिया जान लागेका हुन्।
यही माघ २७ गते स्थिर र दिगो हिन्द महासागरतर्फ,’ विषयमा हुन लागेको सम्मेलनलाई मन्त्री साउदले सम्बोधन गर्ने कार्यक्रम छ। पर्थमा रहँदा उनले अष्ट्रेलियाको विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
परराष्ट्रमन्त्री साउद १५ फेब्रुअरीमा स्वदेश फर्कनेछन्।