अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,चैत २४ गते।
आईपीएलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको हो ।
चेन्नाईले दिएको १६६ रनको लक्ष्य हैदराबादले १८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
हैदराबादका लागि ऐडन मारक्रमले सर्वाधिक ५० रनको योगदान दिए । उनले मात्र ३६ बलमा ४ चौका र एक छक्का हिर्काए ।
। चेन्नाईका मोइन अलीले २, दीपक चाहर र महिश थिकशानाले एक/एक विकेट लिए ।
यसअघि ब्याटिङ गरेको चेन्नाईले पाँच विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १६५ रन बनाएको थियो ।
चेन्नाईका शिवम दुवेले ४५, रवीन्द्र जडेजाले ३१, अजिंक्या रहानले ३५ रन, रुतुराज गायकवाडले २६ रन जोडे ।
हैदराबादका भुवनेश्वर कुमार, टी नटराजन, प्याट कमिन्स, सहबाज अहमद र जयदेव उनादकटले एक/एक विकेट लिए ।
यो खेल हारे पनि दुईमा जित र दुईमा हार व्यहोरेर ४ अंक जोडेको चेन्नाई तेस्रो स्थानमा छ भने चार खेलमा ४ अंक नै जोडेको हैदराबाट पाँचौं स्थानमा छ ।