अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, कार्तिक ३०गते।
मोरङको कानेपोखरी गाउँपालिका १ होक्लाबारीमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जग्गा विवादका क्रममा स्थानीय ५१ वर्षीय बिजय किस्कु र उनका भाइ ३२ वर्षीय वीरेन्द्र किस्कुको पिटाइबाट दिदी ५५ वर्षीया सीता सोरेनको शुक्रबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । विवादका क्रममा दुबैले कुटपिट गरेपछि सिकिस्त भएकी सीताको उपचारका क्रममा विराटनगरस्थित विराट अस्पतालमा राति १० बजे मृत्यु भएको हो ।कुटपिट गर्ने दाजुभाइलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।