सचिन तेन्दुलकर आज नेपालमा बालबालिकासँग मैत्रीपूर्ण क्रिकेट खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ३०गते।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा तेन्दुलकरले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दाससम्मिलित एउटा मैत्रीपूर्ण खेल खेल्नेछन् । १० ओभरको उक्त खेलमा बाँकी सबै बालबालिका हुनेछन् । एउटा अर्को संयोग के छ भने बालअधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा यस खेल आयोजना गरिएको हो ।तेन्दुलकरले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दै गर्दा बालअधिकार महासन्धि पारित भएको थियो । ‘हरेक बालबालिकालाई खेल्ने, रमाउने र आराम गर्ने अधिकार हुन्छ,’ बालअधिकार महासन्धिको धारा ३१ मा यही लेखिएको छ । तेन्दुलकर र दास पिचमा आमनेसामने हुँदा यही नारा बोकेका हुनेछन् ।एकसमय नेपाली क्रिकेटमा केही नहुँदाका रोल मोडल हुन् दास । सफल खेलाडीका रूपमा आफ्नो १५ वर्षे यात्रा टुंग्याएका दासले तेन्दुलकरसँगको भेटलाई भावनामा लुकाउन सकेनन् । ‘एउटा सपना पूरा हुन लागेको छ, २५ वर्षदेखिको प्रतीक्षा पूरा हुन केही सेकेन्डमात्र बाँकी छ,’ क्रिकेटका भगवान् मानिने तेन्दुलकरसँगको भेटलाई दासले सोसल मिडियामा यसरी पोखेका छन् । क्रिकेटका पर्यायवाची तेन्दुलकरसँगको भेटका लागि आफ्नो नाम जसले अगाडि बढाए, उनलाई पनि दासले धन्यवाद दिँदै यसलाई ‘दसौं लाखको सपना’ भनेका छन् । दासले तेन्दुलकरसँग खेल्ने नै निश्चित थिएन । नेपाली यू–१९ टोलीका प्रशिक्षक दास भारतको हैदराबादमा थिए । नेपाली यू–१९ टोलीले शुक्रबार भारत यू–१९ ‘बी’ सँग च्यालेन्जर्स सिरिजमा खेलिरहेको थियो । उनी मैदानमै नगई शुक्रबार राति काठमाडौं आइपुगेका हुन् । दास जतिखेर खेले त्यतिखेरसम्म टेस्ट राष्ट्रसँग नेपालको खेल असम्भवजस्तै थियो । तेन्दुलकरसँगको भेटलाई अविस्मरणीय बनाउन दास आतुर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *