एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू, सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर २३ गते

एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू हुँदैछ । पहिलो क्वालिफायरमा आज अंकतालिकाको शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् ।

खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ ।

यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग पराजित हुने टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *