असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने पूर्वानुमान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज ५ गते

असोज ८ गतेदेखि १२ गतेसम्म भारी वर्षा हुनसक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको आकलन छ ।

आगामी केही दिनमा विकसित हुने मौसमी प्रणालीको प्रभाव नेपालमा विशेषगरी असोज ८ देखि १२ गतेसम्म मनसुनी सक्रियता ह्वात्तै बढ्ने सम्भावना देखिएको छ।

मौसमविद्हरूले नेपालमा आगामी साता भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ । हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यूनचापीय क्षेत्र बनेको र उक्त प्रणाली थप बलियो बन्दै पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने सम्भावना रहेको महाशाखाको आकलन छ ।

मौसम पूर्वानुमानमा असोज १० गते वर्षाको जोखिम तुलनात्मक रूपमा बढी देखिएको छ। यही कारण असोज ८, ९ र १० गते सुदूरपश्चिमबाहेकका क्षेत्रमा लामो दूरीको यात्रा सकेसम्म नगर्न वा स्थगित गर्न सुझाव दिइएको छ। विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा सडक अवरोध, पहिरो र आकस्मिक बाढीको जोखिमलाई ध्यानमा राखेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्नुपर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *