वर्षाका कारण बुटवल–नारायणगढ यातायात सेवा अवरुद्ध

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, चैत्र २६ गते

वर्षाका कारण बुटवल–नारायणगढ यातायात सेवा अवरुद्ध भएको छ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र  चिप्लो हुँदा दाउन्ने खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।

बुधबार दिउँसोदेखि परेको वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ ।

‘हिजो दिउँसोदेखि लगातार सिम–सिम पानी परिरहेकाले दाउन्ने उकालोमा गाडी चिप्लिएर गुड्न समस्या भइरहेको छ, हिलो बाटोमा सवारीसाधन फसेर समस्या भएको छ’, प्रहरी उपरीक्षकले भने, ‘मालवाहक सवारीसाधनलाई अहिले अरुणखोला क्षेत्रमा नै रोकिएको छ ।’

बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *