भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको निधन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत्र २९ गते

भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको निधन भएको छ।

मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो उनको निधन भएको हो। ‍

आज उनै भोसले ९२ वर्षको उमेरमा यस धर्तीबाट सदाका लागि विदा भइन् । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । तर, उनी अस्पतालबाट फर्कन सकिनन् ।

५० को दशकसम्म बलिउडमा आफ्नो बलियो स्थान बनाइसकेकी आशाले झण्डै आठ दशक लामो करियरमा हजारौं गीत गाएकी छन्। उनले ठूलो संख्यामा नेपाली गीत पनि गाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *