आज वैशाख १ गते, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, वैशाख १ गते

आज वैशाख १ गते नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ। सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ। सोही संवत्को आज पहिलो दिन हो।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको जानकारहरू बताउँछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *