आज – ०२ बैशाख २०८३ बुधवार को राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, वैशाख २ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:

लक्ष्यप्रति एकाग्रता राख्न सकिनेछ भने सफलता सुनिश्चित हुनेछ। लगानी लाभदायक बन्नेछ। आँट र साहसिक प्रयासले नयाँ अवसरहरू प्राप्त हुने संकेत छ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :

पुराना आकाङ्क्षा पूरा हुने समय आएको छ। मिहिनेतको कदर हुनेछ। कर्मक्षेत्रमा प्रगति र सम्मान बढ्ने सम्भावना छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:

सकारात्मक सोच र पहलले अपेक्षित सफलता दिनेछ। नयाँ जिम्मेवारी हात पर्नेछ। प्रतिष्ठा र प्रभाव बढ्ने समय हो।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :

मिहिनेतको प्रतिफल पाइनेछ। अवरोध देखिए पनि धैर्यपूर्वक अघि बढ्दा उपलब्धि हासिल गर्न सकिनेछ। सम्मान र अवसर दुवै बढ्नेछन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :             

पारिवारिक सहयोग र सहकार्य प्राप्त हुनेछ। यात्राको योजना बन्न सक्छ। सम्बन्धहरू प्रगाढ र स्थायित्वपूर्ण बन्नेछन्।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :

परीक्षा तथा प्रतिस्पर्धामा सफलता प्राप्त हुने संकेत छ। नयाँ जिम्मेवारी थपिन सक्छ। कार्यक्षेत्रबाहिर पनि सक्रिय रहनुपर्ने समय हो।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :

आकाङ्क्षा सन्तुलित राख्दा लाभ हुनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिणाम मिल्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:

आर्थिक योजना र पारिवारिक सहकार्यमा ध्यान दिनु उपयुक्त हुनेछ। सन्तुलित व्यवहारले मानसिक शान्ति र सन्तुष्टि दिलाउनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :

सहकार्य र धैर्यले समस्या समाधान हुनेछ। मन लागेको कार्यमा सन्तोषजनक उपलब्धि प्राप्त हुनेछ। विवादबाट टाढा रहनु हितकर हुनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :

नयाँ काम थाल्न उपयुक्त समय हो। आर्थिक स्थायित्व आउने संकेत छ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:

काम र परिवारबीच सन्तुलन कायम गर्न सकिनेछ। रणनीतिक परिवर्तन लाभदायक हुनेछन्। ज्ञान र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

व्यावसायिक सम्बन्धमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। स्वास्थ्यमा सुधार देखा पर्नेछ। तर, गोप्य शत्रु वा प्रतिस्पर्धीबाट सतर्क रहनु आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *