आज २०८३ भदौ १७ गतेको राशिफल

अनलाईन न्युजपाटी जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय,समाचारदाता, भदौ १७ गते

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) #Aries:

दिन राम्रो छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ । पारिवारिक मेलमिलाप हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) #Taurus :

दिन राम्रो छ । नयाँ व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) #Gemini:

दिन सामान्य छ । तपाईंको बोलीका कारण साथीभाई टाढा हुनेछन् ।  परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) #Cancer :

दिन राम्रो छ । जिम्मेवारी थपिने छ । दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । जग्गाको कारोबारबाट भने फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) #Leo :             

दिन सामान्य राम्रो छ । आफन्त टाढिने जोखिम छ । राजनीतिक नेतृत्वको साथमा महत्त्वपूर्ण काम बन्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)  #Virgo :

दिन राम्रो छ । विदेशमा गरेको लगानीबाट नाफा हुनेछ । व्यापारमा हिम्मत गर्नुपर्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) #Libra :

संघर्ष गर्नुपर्ने दिन छ । बौद्धिक व्यक्तिसँग सल्लाह लिएर काम गर्नुपर्ने दिन छ । परिवारमा सल्लाह नगरी अगाडि बढ्दा खटपटी बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) #Scorpio:

दिन राम्रो छ । वैदेशिक रोजगारीमा नाफा हुनेछ । बौद्धिक व्यक्तिसँगको परामर्शमा काम गर्दा फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) #Sagittarius :

दिन राम्रो छ । कृषि र फलफूलको व्यापार गरेमा फाइदा हुने योग छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) #Capricorn :

दिन राम्रो छ । बौद्धिक व्यक्तिसँग भेट हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) #Aquarius:

दिन सामान्य छ । अभिभावकले दिएको आशिर्वादले मात्र तपाईंको दिन सहज बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिक काम सहज बन्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

दिन राम्रो छ । परिवारको साथ र सहयोग मिल्ने छ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *