नगर दुर्गन्धित भई सफाई नभएको भन्दै नगरपालिकाको मुल गेटमै फोहर थुपारिए

अनलाईन न्युजपाटी,राजविराज,समाचारदाता, पौष १६ गते।

राजविराज बजार क्षेत्रमा दुई दिनदेखि फोहोर उठन नसकेकोले बजार फोहर तथा दुर्घन्धित भएको भन्दै मंगलबार यूवाहरुले सोही फोहर उठाएर राजविराज नगरपालिकाको मूल गेटमा थुपारेका छन् । 
आक्रोशित विभिन्न संघ संस्था अवद्घ युवा तथा स्थानियले मंगलबार नगरपालिका कार्यालयको मुल गेटमै विरोध रुवरुप फोहोर थुपारेका हुन् । ग्रिन नेपाल, सप्तरी युथ, सेफ चाईल्ड नामक संस्था र स्थानिय बासीन्दाको अगुवाईमा बजार क्षेत्रमा रहेका फोहोर ठेलामा राखेर नगरपालिकाको मुल गेटमै थुपारेर नाराबाजी समेत गरे । 
ग्रिन नेपालका अध्यक्ष खेलानन्द दासले बजार क्षेत्रमा रहेका फोहोरले नगर दुर्गन्धित र आवत जावतमा समेत समस्या भएको तथा नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्न चासो नदेखाएकोले बाध्य भई नगरको फोहोर नगरपालिकामै थन्काउनु परेको बताए । 
जिल्लामा भ्रमण वर्ष २०२० को तयारी तिब्र बनाई रहँदा नगरपालिकाले भने सरसफाईमा ध्यान नदिएकाले सांकेतिक विरोध स्वरुप केही फोहोर राखिएको र अव पनि नगरपालिकाले सरसफाईमा ध्यान नदिए सो कार्य अझ तिब्र बनाउने उनले चेतावनी दिए । 
नगरपालिका कार्यालयको मुल गेटमै थुपारिएको फोहोर भने प्रदर्शनकारी युवाहरु फर्किएपछि नगरपालिकाका सरसफाई कर्मीले हटाएका थिए । नगर प्रमुख शम्भु प्रसाद यादवले केही सरसफाईकर्मी बिदामा बस्दा समस्या भएको र बुधबारदेखि नै सरसफाई कार्यलाई निरन्तरता दिने जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *