जनकपुरबाट एकजना नक्कली चुरोट बेच्ने पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, पौष १६ गते।

जनकपुरमा नक्कली चुरोट बेच्ने एक पसले पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको बलबा नगरपालिका –२ घर भइ हाल जनकपुरधाम उप-महानगरपालिका–८ बस्ने रमेशकुमार साह छन् । 

जनकपुरको रामानन्द चोकस्थित साहको पसलबाट आठ बट्टा सूर्या चुरोटसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकर साहले जानकारी दिनुभयो । नक्कली चुरोट बेचेर आन्तरिक राजश्व छलेको अभियोगमा उनलाई पक्राउ गरी सम्बन्धित निकायमा जिम्मा लगाउने तयारी गरेको इन्सपेक्टर साहले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै भारतीय नाका हुँदै करिब २० करोड रुपैयाँ बराबरको राजश्व चोरी गरी सूर्तिजन्य पदार्थ नेपाल भित्र्याइएको इन्सपेक्टर साहको भनाइ छ । पछिल्लो केही समययता आन्तरिक राजश्व छल्ने विभिन्न गतिविधि मौलाउन थालेपछि त्यसको नियन्त्रणमा प्रहरी गम्भिर भएको र अभियान अन्तर्गत नै नक्कली चुरोट बेच्नेलाई पक्राउ गर्न थालेको प्रहरी निरीक्षक साहले जानकारी दिनुभयो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *