महोत्तरीमा पिकनिकमै एक किशोरमाथि गोली प्रहार

अनलाईन न्युजपाटी,महोत्तरी,समाचारदाता, पौष १७ गते।

महोत्तरीमा पिकनिकमै एक किशोरमाथि गोली प्रहार भएको छ ।  जलेश्वर नगरपालिका–५ विसनपुरका १४ वर्षीय अक्षय कापराथि गोली  प्रहार भएको हो ।नयाँ वर्षको अवसरमा  पिकनिक मनाउन गएको बेला त्यहि ठाउँको अर्का अन्दाजी ४० वर्षीय विनय सिंहले गोलि प्रहार गरि  भागेको घाइते किशोरका परिवारले बताएका छन्।भारतसँगको सीमा छेउमैं साँझ ६ बजेको समयमा घट्ना भएको बताइएको छ।छातीमा १ गोली लागेका अक्षय गम्भीर घाइतेलाई उपचारको लागि जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरिएकोमा अस्पतालले यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौं रेफर गरिएको छ।पिकनिक मनाउन गएको उनलाई साँझ गोलि लागेको अवस्थामा घर ल्याएपछि तुरुन्तै जनकपुरको जानकी हेल्थकेयरमा ल्याइएको घाइतेकी काकी उसादेवि कापरले बताइन्। उनले पहिलाको कुनै रिसिवि झैझगडा भएको जानकारी समेत नभएको बताइन्।घटना पश्चात् विनय फरार भएछन् । उनको घरमा छापामारी गरि सोधपुछको लागि परिवारका एकजनालाई नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *