३ सवारीसाधन एकापसमा ठक्कर खाँदा पोखरामा २ जनाको मृत्यु

अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, पौष १६ गते।

पोखरामा सवारी दुर्घनामा परी हिजो राति दुई जनाको मुत्यु भएको छ । पोखराको पृथ्बीचोक देखि चाउथे तर्फ जादै गरेको मोटरसाइकल र जिप एक आफसमा ठक्कर खाएसँगै विपरित दिशाबाट पोखरा तर्फ आउदै गरेको बसले  ठक्कर दिँदा मोटरसाइकल चालक र जिप चालकको मुत्यु भएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ग १३ प ९५३७ नम्बरको मोटरसाइकल चालक रोनस गुरुङ र ग २ च २७२६ नम्बरको जिप चालक सरोज लामाको सवारी दुर्घटनामा परी मुत्यु भएको हो । मोटरसाइकल चालक तनहुँ थप्रेकका १९ बर्षीय गुरुङ हाल पोखरा चाउथे बस्दै आएका थिए भने जिप चालक ३६ बर्षीय लामा पोखरा २९ भण्डारढिक सैनिक बस्तीमा बस्दै आएका थिए ।

दुबै जनाको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । आज राति करिब २:५० बजे दुर्घटनामा गम्भिर घाइते भएका उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न ल्याएसंगै अस्पतालले मृत घोषणा गरेको हो ।उक्त दुर्घटनामा परी जिपमा सवार पोखरा २९ का ३४ बर्षीय प्रेम परियार गम्भिर घाइते भएकाछन्। उनको टाउको र छाँतीमा गम्भिर चोट लागेको स्थानियले बताए । त्यसै गरी उक्त दुर्घटनामा गरी पोखरा ३१ का २३ बर्षीय दिल बहादुर परियार सामान्य घाइते भएका छन् । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ । काठमाण्डौ देखि बाग्लुङका लागि आउदै गर्दा दुर्घटनामा परेको  ग१ख ९४०५ नम्बरको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *