बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु

अनलाईन न्युजपाटी,बर्दिया,समाचारदाता, पौष १६ गते।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्र ट्रक दुर्घटना हुँदा तीनजना मृत्यु भएको छ।ठाकुरबाबा नगरपालिकाको आम्बासादेखि झण्डै ६ झण्डै किलोमिटर पश्चिमतर्फ निकुञ्जभित्र पर्ने राजमार्गमा ट्रक दुर्घटना हुँदा दुई जना महिला र एक जना पुरुषको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।भैरहवाबाट फलामे छड लोड गरी धनगढीतर्फ आइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजेतिर दुर्घटना भएको हो। दुर्घटनामा ज्यान गुमाएका ट्रकका सहचालक र दुई जना महिलाको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।फलामे छड बोकेको ट्रकमा च्यापिएको शव जेसीबीको सहायताबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ। ट्रक चालक घोराही उपमहानगरपालिका ११ कपासेका कर्णबहादुर चौधरी घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *