अनलाईन न्युजपाटी,पर्सा,समाचारदाता, पौष २० गते।
पर्सा प्रहरीले तीन थान नक्कली भारतीय नोटसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ का २१ वर्षीय रियाज देवान छन्। देवानलाई शनिबार राति करिब ११ बजे वीरगन्ज-८ बसपार्कको होटल साह प्याराडाइजबाट पक्राउ गरिएको प्रहरीले अनलाईन न्युजपाटीलाई जनाएको छ।उनको साथबाट प्रहरीले दुई हजारका तीन थान भारतीय नोट बरामद गरेको पर्सा प्रहरीले जनाएको छ। सो नक्कली नोट कहाँबाट प्राप्त भएको हो भन्नेबारे अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताए।