अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पौष २० गते।
कृषि विकास बैङ्कको क्रिडेन्सीयल ह्याकिङ गरी एक करोड रकमसहित फरार भएका दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ । मोरङ्गको रङ्गेली नगरपालिका–२ बस्ने दीपकले नाइजेरियन र भारतीय नागरिकसँगहरु मिलेर बैङ्क तथा वित्तीय संस्थाहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी लुट्ने योजना बनाएका थिए । सोही योजना अनुसार विभिन्न नेपाली नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैङ्क ह्याक गरी रकम निकालेका थिए । ४३ वर्षीय नेपाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत पुस १८ गते पक्राउ गरेको थियो । महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसारका अनुसार उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ । कृषि विकास बैङ्कको रकम निकाल्ने मुख्य योजनाकार अफ्रिकी मुलका काले भनिने पिटर रहेको प्रहरीले जनाएको छ । नेपालका बैङ्कहरुबाट ५ अर्ब नेपाली रुपैयाँ भन्दा बढी रकम निकाल्ने योजना नै पिटरेको रहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।