अनलाईन न्युजपाटी,कोहलपुर,समाचारदादाता,माघ ७ गते।
एक जना जबरजस्ती करणीका फरार आरोपित युवा घरबाटै पक्राउ परेका छन् । बाँकेको कोहलपुर नगरपालिकाका वडा नम्बर १३ खड्कवार बस्ने ४१ वर्षका योगेश खत्री पक्राउ परेका हुन् ।उनले उच्च अदालत तुलसीपुर ईजालास नेपालगञ्जले जवरवस्ती करणी गरेको आरोपमा २०७५ बैशाख २५ गते ३ वर्षको कैद सजाय तोकेको थियो । उनी त्यस यता प्रहरीको फरार सुचीमा थिए ।खत्रीलाई मंगलबार बिहान इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले घरबाटै पक्राउ गरेको हो । उनलाई थप कारबाहीको लागि जिल्ला अदालत बाँकेमा पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।