वन्यजन्तु सालकको खपटासहित तीनजना पक्राउ

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदादाता,माघ ७ गते।

मकवानपुरबाट लोपोन्मुख  वन्यजन्तु सालकको खपटासहित तीनजना पक्राउ परेका छन्। सोमबार साँझ हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा हेटौंडा–१ का ३० वर्षीय गौरव गौतम, कृष्णबहादुर गोले र वडा नम्बर ११ का ४८ वर्षीय सूर्य लामा रहेका छन्। उनीहरुको साथबाट दुई किलो १९० ग्राम खपटा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए। पक्राउ परेको तीनैजनालाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। पक्राउ परेकाहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ बमोजिम मुद्दा चलाउने तयारी रहेको प्रहरीले बताएको छ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *