देशैभरीका किसानबाट करोडौँ ठगी गर्ने युवक कैलालीमा पक्राउ

अनलाईन न्युजपाटी,कैलाली,समाचारदादाता,माघ ७ गते।

एसोसिएसन अफ एग्रीकल्चर नाम संस्था खोलेर देशैभरीका किसानबाट करोडौँ ठगी गर्ने युवक कैलालीमा पक्राउ परेका छन्। एसोसिएसन अफ एग्रीकल्चर संस्थाको अध्यक्ष भन्दै सुदूरपश्चिम सहितका जिल्लामा शाखा विस्तार गरी किसान र कर्मचारीबाट रकम संकलन गरी ठग्ने कञ्चनपुरका ३१ वर्षीय गणेश भट्ट पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले भट्टलाई आईतबार राती धनगढी उपमहानगरपालिकाको चटकपुरबाट पक्राउ गरिएको जानकारी दिए। भट्टलाई अस्थायी प्रहरी पोष्ट चटकपुरका प्रहरी सहायक निरिक्षक गजेन्द्र चन्द र जिल्ला प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको हो।भट्टले देशका विभिन्न जिल्लामा शाखा विस्तार गर्दै  किसान र कर्मचारीहरुबाट करोडौँ रकम असुलेको बुझिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयमा कैलाली र कञ्चनपुरका विभिन्न शाखामा आवद्ध कर्मचारीले झण्डै ६० लाख ठगी गरेको भन्दै कारवाहीको माग सहित सोमबार जाहेरी दिएका छन्।कञ्चनपुरको झलारी शाखाका म्यानेजर गोविन्द पाण्डेलले भट्टले आफूबाट डेढ लाख धरौटी लिएर किसानहरुबाट सस्तोमा उन्नत जातको बाख्रा खरिदका लागि समूह बनाएर रकम असुल्न लगाएको बताए। उनले किसानबाट संकलित रकम लिएर फरार रहेका भट्ट विरुद्ध जिल्ला प्रहरी कार्यालयमा आवश्यक कारवाहीका लागि जाहेरी दिएको बताए।पाण्डेका अनुसार भट्टले अन्य शाखामा पनि कर्मचारीबाट डेढ लाखदेखि दुई लाख ५० हजार सम्म धरौटी लिएर जागिर दिने गरेका थिए। उनले कृषक समूह बनाएर फेरी थप रकम असुल्न निर्देशन दिने गरेका थिए। भट्टले देशभरका विभिन्न जिल्लामा दर्जनौँ शाखा कार्यालय खोलेका छन्।उनले किसान र संस्थामा आवद्ध कर्मचारीबाट ६५ करोड बढि असुलेको अनुमान गरिएको छ। तर पीडितहरु आउने क्रम जारी रहेकाले बाँकी कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *