मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु

अनलाईन न्युजपाटी,हेटौडा,समाचारदादाता,माघ ७ गते।

मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा ‘नाइट स्टे’का लागि बसेका ८ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भइसकेको छैन ।मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई कर्मचारीले खबर गरेका थिए ।लगत्तै ४ पुरुष र ४ महिला भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकोप्टरमार्फत उद्दार गरेर काठमाडौं पठाइएको पालुङका प्रहरी निरीक्षक विकाश तामाङले अनलाईन न्युजपाटीलाई बताए ।उनले भने, ‘यहाँबाट हेम्स अस्पतालमा पठाइएको थियो ।’ अस्तपालका अनुसार आकस्मिक कक्षमा उपचारका क्रममा सबैको मृत्यु भएको छ ।महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका डीएसपी उमेश लम्सालले पनि अस्पताल स्रोतलाई उदृत गर्दै विदेशी पर्यटकको मृत्यु भइसकेको बताए । उनले अनलाईन न्युजपाटीसँग भने, ‘पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भइरहेको छ ।’प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्नेछ ।नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा सुतेका थिए ।



 

Leave a Reply

Your email address will not be published. Required fields are marked *